आगलागीबाट ४० बढी घर जलेर नष्ट

१५ बैशाख ०७४, नेपालगन्ज । बाँकेको होलिया चौफेरीमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

उनले दिएको जानकारी अनुसार नेपालगन्जबाट हिँडेको दमकल खडैचा नपुग्दै बाटौमै फसेको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्तिलाई आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।

यसैबीच प्रत्यक्षदर्शी निरुता सिंहले आगलागीबाट ४० बढी घर जलेर नष्ट भईसकेको र आगो बढ्दो क्रममा रहेकोले क्षति बढ्न सक्ने बताइन ।

समाचार तयार पार्दासम्म  उनले घटनामा मानवीय क्षति नभएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत