एमालेको अवरोधपछि संसद बैठक अवरुद्ध

१३ बैशाख ०७४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावको मिति घोषणा भइसकेको अवस्थामा स्थानीय तहको संख्या बढाउन नहुने भन्दै  संसद अवरुद्ध गरेको छ ।

एमालेले ११ जिल्लामा मात्र स्थानीय तह बढाउने गरी परिपत्र गरिएएको भन्दै मंगलबार पनि सदन अवरुद्ध गरेपछि बुधबारको बैठकको स्थानीय विकास मन्त्री कमल थापाले यसबारे जवाफ दिएका थिए । तर, मन्त्री थापाको जवाफ चित्त नबुझेपछि एमालेले सदन अवरुद्ध गरेको हो ।

थापाले जवाफ दिए लगतै एमाले सांसद तथा प्रमुख सचेतक भानुभक्त ढकालले स्थानीय विकासको संख्या बढाउन सबैधानिक रुपमा त्रुटीपूर्ण रहेको बताउँदै सदन अगाडि बढ्न दिन नसकिने बताए ।

एमालेको अवरोधपछि संसद बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत