एमाले अध्यक्ष ओली भन्छ – प्रधानमन्त्री प्रचण्ड कतिसारो बेइमानी !

१३ बैशाख ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको संख्या बारे प्रधानमन्त्री प्रचण्डले सारो बेइमानी गरेको बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानले बुधबार गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई स्थानीय तहको संख्या बढाउने तयारी बारे सोध्दा हल्लाको पछि नलाग्नुस् भनेको तर, ११ जिल्लामा संख्या बढाउन पत्राचार गरेको भन्दै बेइमानी नगर्न सुझाएका छन् ।

‘प्रधानमन्त्रीसँग सोध्दा यो हुँदै होइन, चुनाव अगाडि कहाँ यो संख्या थप्ने घटाउने हुन्छ ? यस्ता हल्ला पनि सुन्ने तपाईहरु ? भन्नु भो,’ ओलीले भने, ‘हिजो हेरेको त एलडीओहरुलाई लिखित निर्देशन दिनु भएको छ । कतिसारो बेइमानी ।’

ओलीले चुनाव देखाएर राष्ट्रमाथि नै खेलबाड गर्न खोजिएको आरोप लगाउँदै चुनाव भाँडिन्छ भनेर सरकार देश टुक्राउने, हिन्दीलाई राष्ट्रभाषा बनाउने काम गर्न लागेको भन्दै जनतालाई सचेत हुन आग्रह गरेका छन् ।

एमाले अध्यक्ष ओलीले संविधानलाई सर्वस्वीकार्य बनाउन भन्दै ल्याएको संशोधन प्रस्तावमा एमालेसहितका प्रतिपक्षी दल बाहेकको सर्वस्वीकार्य भनि कोष्ट भित्र नदेखिने गरी लेखिएको भन्दै व्यंग्य समेत गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत