नासु खनाल खोटाङ अस्पताल परिसरबाट पक्राउ

१८ बैशाख ०७४, खोटाङ । जिल्ला अस्पताल खोटाङका नायब सुब्बा केदारनाथ खनाल पक्राउ परेका छन् ।

अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति रु ३५ हजारका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आइतबार पक्राउ परेका हुन् ।

अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ ।

पक्राउ परेका खनालका बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले बताए ।

आवेदकबाट घुस लिएको थाहा पाएपछि नेपाली काँग्रेस खोटाङले भ्रष्टचारीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आइतबार बिहानैदेखि अस्पतालमा तालाबन्दी गरेको छ ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेबको अस्थायी करार कोटा खुलाएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत