नेपाली जनताको चासो विकास र समृद्धितिर – प्रधानमन्त्री प्रचण्ड

PM-with-malaysian

१७ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताएका छन् ।

आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायी टोलीसँगको भेटमा प्रधानमन्त्रीले विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताएका हुन् ।

‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पुरा गर्न रातदिन खटिरहेको छ ।’ प्रधानमन्त्रीले भनेका छन्, ‘यसै वर्ष हामीले नेपालमा लगानी सम्मेलन ग¥यौं, पूर्वाधार विकाससम्बन्धि सम्मेलन पनि भयो । लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानूनहरु परिमार्जन गरेर हामी लगानी भित्राउन चाहन्छौं ।’

प्रधानमन्त्रीले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको बताउँदै फ्रि भिसा भने पनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार रहेको बताउँदै नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको बताए ।

मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बताए ।

भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले प्रचण्ड नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्य गर्न तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत