प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

DSC600-300

१८ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो सभामूखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले भेटमा  एमालेका अध्यक्ष ओलीलाई संविधान संशोधन विद्येयक, संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन र बजेटका विषयमा सहमतिका साथ अघि बढ्न आग्रह गरेका छन् । साथै, उनले बैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा नरोकिने जानकारी गराउँदै राजनीतिक दलहरु मिलेर निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत