मत खरिद बिक्री हुनु हुँदैन भन्ने दिने गरी अभियान चलाउनुस् – प्रमुख निर्वाचन आयुक्त

१४ बैशाख ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले गैह्र-सरकारी संघ संस्थाका प्रतिनिधिलाई निर्वाचन आचार-संहितालाई पालना गर्दै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

ayodhi yadav

प्रमुख आयुक्त यादवले बिहीबार गैह्र सरकारी संघ संस्थासँग गरेको अन्तर्क्रियामा मत खरिद बिक्री हुनु हुँदैन भन्ने सन्देश दिने गरी अभियान चलाउन निर्देशन दिँदै निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

गैह्र-सरकारी संघ संस्थाका प्रतिनिधिलाई प्रमुख आयुक्त यादवले भने, ‘मत खरिद बिक्री हुनु हुँदैन भन्ने सन्देश दिने गरी अभियान चलाउनुस् ।’

गैह्रसरकारी संघ संस्था कुनै राजनीतिक दल विशेषसँग नजिक हुनसक्ने र त्यहाँका प्रतिनिधिको आस्था कुनै दल निकट हुनसक्ने भएकाले मतदाता शिक्षा कार्यक्रम स्वतन्त्र र निष्पक्ष बनाउन उनले जोड दिए ।

मुलुकभर झण्डै ५० हजारको हाराहारीमा गैह्रसरकारी संस्था छन् । ती मध्ये अधिकांशले मतदाता शिक्षा र निर्वाचन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत