मन्त्रिपरिषद बैठकद्वारा चार जना सचिवको सरुवा

१४ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगको सहमतिमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले चार जना सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव दिनेश थपलियालाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ । स्थानीय विकासका सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ ।

यस्तै राष्ट्रिय मन्त्रिपरिषद बैठकले प्राधिकरणमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीतप्रसाद महतोलाई लगिएको छ भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत