१४ बैशाख ०७४, काठमाडौं । नेकपा एमाले नेतृत्वको ९ दलीय विपक्षी गठवन्धनले संविधान संशोधन विधेयक पास हुन नदिने निर्णय गरेको छ ।
बिहीबार एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकले संविधान संशोधन विधेयकमा संशोधन दर्ता गर्ने निर्णय गर्दै विधेयकको पक्षमा दुई तिहाई पुग्न नसक्ने विश्लेषण गरेका हुन् ।
माले महासचिव सीपी मैनालीले भनेका छन्, ‘गठवन्धनलाई कायम राख्दै संशोधन पास हुन नदिने निर्णय भएको छ ।’
विपक्षी गठवन्धनले सो बैठकमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल गरेका छन् ।