सुरक्षा निकायलाई परिचालन गर्ने सरकारको निर्णयमा यादवको विरोध

१५ बैशाख ०७४, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनावमा चारवटै सुरक्षा निकायलाई परिचालन गर्ने सरकारको निर्णयमा विरोध जनाएको छ ।  साथै यादवले निर्वाचन एकैचरणमा गराउन माग गरेका छन् ।

Upendra yadav

यादवले शुक्रबार निकालेको विज्ञप्तिमा देशको आन्तरिक मामिलामा सेना परिचालन गर्दा सेनाको गरिमा र प्रतिष्ठामा आँच पुग्न दाबी गरिएको छ ।

‘नेपाली सेना जस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्नेभएकोले सेनाको भूमिकालाई विवादित हुन नदिन स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै स्थानीय तहको चुनावमा नेपाली सेना परिचालनको निर्णय तत्काल फिर्ता लिन सरकारसँग संघीय समाजवादी फोरम, नेपाल जोडदार माग गर्दछ ।’ यादवले शुक्रबार निकालेको  विज्ञप्तिमा लेखिएको छ ।

यादवले विज्ञप्तिमा स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्नुका साथै सामाजिक मनोविज्ञानलाई पनि विभाजित गर्ने हुँदा मिति सारेर एकै पटकमा मत गणना हुने गरी एक चरणमा चुनाव गर्न उपयुक्त हुने उल्लेख गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत