हिउँमा चिप्लिएर वेपत्ता ताइवानी युवक ४७ दिनपछि भेटिए

१४ बैशाख ०७४, काठमाडौं । हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक ४७ दिनपछि २ हजार ६०० मिटर उचाइको क्षेत्रमा जीवितै भेटिएका छन् ।

Liang-Sheng-Yueh

ताइवानी लियान सेङ यू र लिउ चेन युन फागुन अन्तिम साता उत्तरी धादिङको रुपभ्यालीबाट लाङटाङ जाने क्रममा हिउँ चिप्लिएर त्याग्रेभीरबाट करिव २०० मिटर तल खसेका थिए ।

बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव भेटिएको थियो । दुबैको परिवारले लगातार खोजी गर्ने क्रममा बुधबार भेटिएका हुन् ।

लियान सेङ यूको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ, उनी अहिले कुराकानी गर्न सक्छन् ।

हिउँ चिप्लिएर हराएका लियान सेङ यूले ४७ दिनसम्म आफूले कहिल्यै हिम्मत नहारेको र हराएको समयमा हिउँ र नुन खाएर बसेको बताए ।

ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तरी धादिङमा थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत