१५ बैशाख ०७४, काठमाडौं । मौषमी बाजा बजाउने राजनीतिक दल निकट विद्यार्थी संठगनहरुले यसवर्ष पनि विगत वर्षझैं बाजा बजाएर रमिता देखाएका छन् ।

गीत गाउँदा बाजा नबजाउने, बाजा बजाउँदा गीत नगाउने साथै नाच्ने बेला गीत–संगीत नबजाउने, गीत-संगीत बजाएको बेला ‘नाच्न नजान्ने आागन टेँडो’ भन्ने जस्ता यहाँका विद्यार्थी संगठन र तिनका नेताहरुले यस वर्ष पनि निजी स्कुलका नाममा केही प्रहसन पस्किसकेका छन् ।

राजनीतिक दल निकट विद्यार्थी संठगनको आन्दोलन, विद्यालयको तालाबन्दी तिनका नेताहरुले अर्थदेवीको दवावमा कहिले, कसरी, कहाँ, के ? सम्झौता गरेको हो भन्ने कुरा आन्दोलनमा होमिएका विद्यार्थी-कार्यकर्ता स्वयंले पत्तो नपाउने आन्दोलन नीतिगत र तथ्यगत विषय उठाउँदै फेरि सुरु भएको छ ।

ताहाचलमा विद्यार्थी र प्रहरीबीच झडप

Tahachal jhadap

आज शुक्रबार निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी र प्रहरीबीच ताहाचलमा झडप भएको छ ।

ताहाचलस्थित जिल्ला शिक्षा कार्यालय काठमाडौंमा तालाबन्दी गर्न गएका विद्यार्थीलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

झडपमा केही विद्यार्थी सामान्य घाइते भएका छन् । प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीहरूले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका थिए ।

आठ विद्यार्थी संगठनहरुले सार्बजनिक गरेको आन्दोलनका नयाँ कार्यक्रमअनुसार आज जिल्ला शिक्षा कार्यालय र शिक्षा बिभागमा तालाबन्दी गरिएको छ ।

विद्यार्थीहरुले यही बैशाख १७ गते शिक्षामन्त्री, शिक्षा मन्त्रालयका कर्मचारी र प्याब्सन-एनप्याब्सनलाई सार्बजनिक बहिस्कार गर्ने तथा निर्णय गरेका छन् । उनीहरुले १८ गते सरकारी गाडी सन्चालनमा रोक लगाउने निर्णय समेत गरेका छन् ।

निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, राप्रविसं, लगायत आठ संगठन आवद्ध छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत