नयाँ शक्तिको घोषणापत्र सार्वजनिक : निर्वाचन आयोगले आँखा नदिएपछि चुनाव चिन्ह मसाल

१९ बैशाख ०७४, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले स्थानीय तहको चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

Baburam Bhattarai

नयाँ शक्ति नेपालले सोमबार ५१ पृष्ठको घोषणा पत्र जारी गर्दै चुनाव चिन्ह मसाल प्रयोग गरेको छ ।

निर्वाचन आयोगले आँखा चुनाव चिन्ह नदिएपछि नयाँ शक्तिले उपेन्द्र यादवको पार्टीको चुनाव चिन्हबाट निर्वाचन लड्न लागेको हो ।

नयाँ शक्तिले आफ्नो घोषणा पत्रमा भनेको छ- ‘राजनीतिक गठबन्धनको मूल्यमान्यता, संस्कार र संस्कृतिलाई गम्भीरतापूर्वक अबलम्बन गर्दै निर्वाचनमा जानु र सहकर्मी दलको चुनाव चिन्ह ‘मशाल’ प्रयोग गर्नु यतिखेर नयाँ शक्ति पार्टी, नेपालका लागि आवश्यकता र बाध्यता दुबै हो ।’

साथै उसले घोषणा पत्रमा ‘नयाँ शक्ति पार्टीलाई निर्वाचनमा जान रोकेर जनसमुदायबाट कटाउने र एक्ल्याउने जुन प्रयास भयो, त्यो षड्यन्त्रलाई हामीले संघीय समाजवादी फोरम नेपालसँग राजनीतिकरुपमा चुनावी गठबन्धन गर्ने तरिकाबाट चिर्‍यौं । यो गठबन्धनले षड्यन्त्रकारीहरुको जत्थालाई ठूलो झट्का दिएको छ ।’ भनी उल्लेख समेत गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत