पहिलो चरणको उम्मेदवारी आज : उम्मेदवारहरूले मनोनयन दर्ता गर्दै

काठमाडौं । आज मङ्गलबार बैशाख ३१ गतेका लागि तय गरिएको पहिलो चरणको चुनावका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् ।

Nirwachan

तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तय गरिएको छ ।  काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका ठूला दलले मनोनयनका लागि अधिकांश ठाउँमा उम्मेदवार चयन गरिसकेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सबै मतदाता र राजनीतिक दललाई स्थानीय तह निर्वाचनका लागि हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन् ।

निर्वाचन आयोगको मिडिया सेन्टरमा सोमबार प्रमुख आयुक्त यादवले आयोगका पूर्वनिर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने स्पष्ट समेत पारेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमले निर्वाचन हुँदैन कि भन्ने मतदाताको चिन्ताप्रति सङ्केत गर्दै यादवले भने “निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको छ, मङ्गलबार हुने मनोनयनले निर्वाचनका बारेमा उठेका शङ्का, उपशङ्का, द्विविधा र हल्ला आफैँ हटेर जानेछन् ।”

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरेअनुसार महिला, दलित, अल्पसङ्ख्यकका लागि यो इतिहासकै ठूलो अवसर भएको बताउदै प्रमुख आयुक्तले भने , “राष्ट्रले तपाईंको नेतृत्व विकासको अपेक्षा गरेको छ, तसर्थ तपाईंहरू अगाडि बढ्नुहोस् र स्थानीय सरकारमा निर्वाचित भएर आफ्नो गाउँ, नगरको विकासको अभियानमा सरिक हुनुहोस् ।” आजको गोरखापत्रमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत