राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता

१९ बैशाख ०७४, काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

Kamal Thapa

सोमबार बसेको पार्टीको कार्य सम्पादन समिति, मन्त्री तथा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता सुशील श्रेष्ठकाअनुसार पार्टीले सरकार छाडेको पत्र आज मंगलबार दिउँसो प्रधानमन्त्री समक्ष बुझाउने तयारी गरेको छ ।

त्यस्तै बैठकले पार्टी निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोगको विपक्षमा उभिने पनि निर्णय गरेको छ ।

महाअभियोग प्रस्ताव न्यायालयको सर्वोच्च र स्वतन्त्रता नै हनन् हुने गरी ल्याइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

कार्यसम्पादन समितिको बैठकमा कमल थापा पक्षधर नेताहरुले सरकार छाड्नु पर्ने कुरा राखेका थिए भने पशुपति शमशेर राणापक्षधर नेताहरुले सरकार छाड्न नहुने मत राखेका थिए ।

राप्रपाले सरकारबाट बाहिरिए पनि संविधान संशोधनको पक्षमा नै मतदान गर्ने जनाएको छ ।

समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत कायमै

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत कायमै रहन्छ ।

३७ सांसद रहेको राप्रपा बाहिरिए पनि सरकारसँग बहुमत अर्थात २९८ भन्दा बढि सांसदहरुको समर्थन हुनेछ ।

त्यसमा नेपाली कांग्रेस २०७, माओवादी केन्द्र ८८ र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका १४ सांसद गर्दा ३०२ सांसद सरकारकै पक्षमा हुनेछन् ।

यसबाहेक साना दलको केही सांसद पनि सरकारको पक्षमा रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत