गोकर्णेश्वर नगरपालिकामा माओवादी केन्द्रको मेयरमा टीआर, उपमेयरमा रेनु उम्मेद्वार

२० बैशाख ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौ महानगरपालिकासित सिमाना जोडिएको गोकर्णेश्वर नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्षहरु र वडा सदस्यहरुको उम्मेदवारी प्रस्तुत गरेको छ ।

Renu-rally

मंगलबार माओवादी केन्द्रले गोकर्णेश्वर नगरपालिकाको मेयरमा युवा नेता टीआर नेपाल र उपमेयरमा रेनु कार्कीको उम्मेदवारी निर्वाचन कार्यालयमा दर्ता गराएको छ ।

साँस्कृतिक कार्यक्रम गर्दै निर्वाचन कार्यालयको परिसरमा पुगेका माओवादी नेता तथा कार्यकर्ताहरुले “गोलाकारभित्रको हँसिया हथौडामा मतदान, सिंहदरबारको अधिकार नगर र गाउँपालिकामा” भन्दै नाँचगान समेत गरेका थिए ।

मेयरका उम्मेदवार टीआर नेपाल जुझारु तथा जनाधार मजबुत भएका लोकप्रिय युवा नेता हुन् ।

यसैगरी उपमेयरका उम्मेदवार रेनु काकी लामो समयसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको महिला विभाग, अखिल नेपाल संघ–संस्था श्रमिक संघको उपाध्यक्ष र घरेलु श्रमिक संघको अध्यक्षमा रही संगठनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने नेतृ हुन् ।

महिला नेतृ कार्कीले श्रमिकहरुको आन्दोलनको नेतृत्व गरी उद्योग व्यवसायमा कार्यरत मजदुरहरुलाई सुरक्षा चेतना जगाई सम्भाव्य दुर्घटनाबाट सुरक्षित राख्ने ‘व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्वन्धी’ तालिम लिएकी छिन् भने सार्क स्तरीय बाल श्रम उन्मुलन विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा समेत सहभागी जनाएकी उनी हाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्यमा क्रियाशील छिन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत