आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी

२० बैशाख ०७४, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार नेत्रहीन संघले आयोजना गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा यादवले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गरिने बताएका हुन् ।

उनले निर्वाचन आचारसंहिता पालना भए-नभएको अनुगमन गरिदिन पत्रकारहरुलाई आग्रह गर्दै प्रचार गर्दा कसैको पनि मानमर्दन गर्ने काम नगर्न पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत