कुनै उम्मेदवारविरुद्ध दावी-विरोध भए उजुरी दिन निर्वाचन आयोगको आह्वान

२० बैशाख ०७४, काठमाडौं । स्थानीय तहमा मंगलबार उम्मेदवारी मनोनयन गरेकाहरु निर्वाचन ऐनले गरेको व्यवस्थाअनुसार अयोग्य भएमा उजुरी दिन निर्वाचन आयोगले आह्वान गरेको छ ।

निर्वाचन आयोगले आज बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुनै उम्मेदवार विरुद्ध दावी-विरोध भए उजुरी दिन आह्वान गरेको हो ।

निर्वाचन आयोगले व्यक्ति हत्या, भ्रष्टाचार जस्ता अपराधमा संलग्न भई कारबाही प्रक्रियामा रहेको वा कारबाही भोगेका, मानसिक सन्तुलन गुमेको नागरिकलाई उम्मेदवार हुन रोक लगाएको छ ।

यस्तै आयोगले कुनै सरकारी सेवा सुविधा लिने सार्वजनिक संघसंस्थामा बहाल व्यक्तिले पनि उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ ।

आयोगले उम्मेदवारी दर्ता गराएकाहरु मध्ये कोही त्यस्तो व्यक्ति भए उसका विरुद्ध प्रमाणसहित उजुरी दिन आहृवान गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

शर्माले दाबी-विरोध परेका उम्मेदवारहरुमाथि आयोगले छानबिन गर्ने र मनासिब देखिएमा हटाउन सकिने बताए । साथै, उनले आयोगले दाबी विरोधपछि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरुलाई बिहीबारसम्मको समय दिइएको र शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत