प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२१ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा बिहीबार भएको भेटवार्तामा स्थानीय तहको निर्वाचन, संविधान संशोधन, महाभियोग प्रस्ताव, बजेट लगायतका विषयमा छलफल भएको थियो ।

दोस्रो चरणको निर्वाचन र बजेटका सन्दर्भमा निर्वाचन आयोग, प्रमुख राजनीतिक दल, मधेसी मोर्चा लगायतका दलहरुसँग  छलफल गरेर एउटा निष्कर्षमा पुग्ने समझदारी भएको छ ।

उक्त भेटवार्तामा एमाले नेता सुवास नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत