संसद बैठक दिउँसो ३ बजे, महाअभियोग प्रस्तावले प्रवेश पाउने

२१ बैशाख ०७४, काठमाडौं । आजको व्यवस्थापिका संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग प्रस्तावले प्रवेश पाउने भएको छ ।

सभामुख ओन्सरी घर्तीका प्रेस विज्ञ बबिन शर्माका अनुसार संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । साथै, आजको संसद बैठकले महाअभियोग प्रस्ताव छलफलका लागि समय र मिति तोक्ने सम्भावना रहेको छ ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले आइतबार कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत