आयोगले निर्वाचन चिन्ह वितरण नगरेपछि स्वतन्त्र उम्मेदवारहरु नारावाजीमा उत्रिए

२२ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई बिहान ११ बजेदेखि नै निर्वाचन चिन्ह वितरण गर्नुपर्ने भएपनि अपराहृन ४ बजेसम्म वितरण नगरेपछि उम्मेदवारहरु नारावाजीमा उत्रिएका छन् ।

निर्वाचन चिन्ह दिन ढिलाई गरेको बिरोधमा स्वतन्त्र उम्मेदवारहरुले प्रमुख निर्वाचन अधिकृतको कार्यालय घेराउ गरी नारावाजी गरेका हुन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आयोगले बैशाख २२ गते विहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यतालिका रहेको थियो ।

तर, साँझ पाँच बजे बल्ल निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

अहिले सम्म उम्मेदवारलाई निर्वाचन चिन्ह भने वितरण गर्न सकेको छैन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत