सर्वोच्चको आदेशपछि ओलीको टिप्पणी – न्याय जिउँदो रहेछ

२२ बैशाख ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशले नेपालमा न्याय मरेकाे छैन भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् ।

सर्वोच्चको फैसलाले नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको भन्दै ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिए ।

‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई भन्न चाहन्छु, उहाँको सुकिर्ती फैलियोस्’ उनले भने, ‘उहाँमाथि हमला गर्ने प्रवृत्ति अनुचित छ ।’

सर्वोच्चको आदेशले प्रधानन्यायाधीश कार्कीले आंशिक न्याय पाएको बताउँदै ओलीले भने, ‘न्याय जिउँदो रहेछ । यस आदेशलाई हामी समर्थन गर्छौ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत