२३ बैशाख ०७४, सप्तरी । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुले सर्वोच्च अदालतले संसदको विशेषाधिकारको सम्मान नगरेको भन्दै राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनीमार्गको भृकुटीमण्डपबाट शुरु भएको विरोध जुलुस पुतलीसडक चोक पुगेर विरोध सभामा परिणत भएको थियोे ।
कोणसभालाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले सर्वोच्चको आदेश अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै तत्काल खारेज गर्न माग गरे ।
विरोध कार्यक्रममा नेविसंघ उपाध्यक्ष पुष्पविक्रम शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङ लगायतको सहभागिता रहेकाे थियाे ।