नेता थापाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता उपलब्धिहरु कार्यान्वयन नहोस् भन्ने शक्तिहरुले चलखेल गरेको आरोप समेत लगाए ।
उनले स्थानीय तहको निर्वाचन माओवादीको नेतृत्वमा नहोस् भन्ने एउटा वर्ग जबरजस्त रुपमा चुनाव भाँड्न लागिरहेको भन्दै त्यही शक्तिले संसद बलियो भएको हेर्न नचाहेको बताए ।
न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको भन्दै उनले अघि भने,’आईजीपी नियुक्ति कार्यपालिकाको अधिकार हो । तर, अदालतले हस्तक्षेप गर्यो, यो अदालतको हस्तक्षेपमात्रै नभएर अधिनायकत्व र ढिपी हो ।’
उनले शिशु गणतन्त्र कमजोर बनाउन एकैचोटी हस्तक्षेप गरेर अदालतले इतिहासमै गम्भिर भुल गरेको आरोप लगाए ।