उपेन्द्र यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइयाे

२३ बैशाख ०७४, काठमाडौं । संघीय गठवन्धनले उपेन्द्र यादवलाई गठवन्धनको अध्यक्ष पदबाट हटाएको छ ।

शनिबार बसेको मधेसी मोर्चासहितको बैठकले यादवलाई कारवाही गर्दै राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संघीय गठवन्धनकाे अध्यक्ष चयन गरिएको छ ।

मधेसी मोर्चासहितको गठवन्धन बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाउँदै मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै आत्मसमर्पणको कित्तामा गएको बताएको छ ।

गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ ।’

तर, संघीय समाजवादी फोरमले भने संविधान संशोधन गर्ने सरकारी प्रतिवद्धताअनुसार आफूहरु चुनावमा गएको बताएको छ ।

संघीय समाजवादी फोरमले बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्तिसँग गठवन्धन गरेर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत