परराष्ट्रमन्त्री महत र अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सीबीच भेटवार्ता

२४ बैशाख ०७४, काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत र नेपाल भ्रमणमा रहेकी अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ एवम् पूर्व सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएकाे शिष्टाचार भेटमा नेपाल अमेरिका सम्बन्ध, दुई देशबीचको आपसी हित र अन्य द्विपक्षीय समसामयिक साझा विषयहरुमा कुराकानी भएको मन्त्री डा. महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

भेटमा परराष्ट्रमन्त्री डा.महतले नेपालको वर्तमान समसामयिक राजनीति, आसन्न स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको सफलता एवम् नयाँ संविधानको घोषणा र कार्यान्वयनका बारेमा जानकारी गराएका थिए ।

भेटमा अमेरिकी पूर्व सभामुख न्यान्सीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रसंशा गरिन् ।

साथै उनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनहरुमा पनि निरन्तर रहने बताइन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत