अखिल क्रान्तिकारीद्वारा कैलालीमा शैक्षिक हडताल घोषणा

२५ बैशाख ०७४, कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कैलाली जिल्लामा अनिश्चितकालीन शैक्षिक आम हडताल घोषणा गरेको छ ।

शुल्क वृद्धिविरुद्ध बैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा क्रान्तिकारीले प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहार गरेको भन्दै सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा दर्ता गरी पक्राउ गरेको भन्दै क्रान्तिकारीले हडताल घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माका अनुसार पक्राउ परेका आफ्ना विद्यार्थी नेताको कुनै पनि संलग्नता नहुँदा पनि रिहाइ गर्नुको सट्टा उल्टो बाहनाबाजी गरिएकाले शैक्षिक हडतालको घोषणा गरिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले कैलाली सहसचिव रमेश साउँदलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको तर अञ्चल ब्युरो इन्चार्ज धामीलाई भने पक्राउ नगरिएको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत