एमालेको वडाध्यक्ष उम्मेदवार खरेल लक्ष्मी बैङ्कबाट पक्राउ

२५ बैशाख ०७४, काभ्रे । एमालेको तर्फबाट काभ्रे जिल्लाको भूम्लू गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष उम्मेदवार बनेका रमेशराज खरेललाई प्रहरीले बनेपास्थित लक्ष्मी बैङ्कबाट पक्राउ परेको केही घण्टामा नै उन्मुक्ति दिएको छ ।

खरेलले आइतबार सो गाउँपालिकाको ७ नं. वडा कार्यालयको सचिवद्धारा हस्ताक्षरित खाली लेटरप्याडमा भूकम्प पीडितको नाममा आएको रकम निकासाको लागि सिफारिस लेखिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि प्रहरीले आवश्यक छानविनको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले आफूहरुले गर्नुपर्ने काम गरेर मुख्य निर्वाचन अधिकृत कहाँ बुझाएको बताए ।

मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद पौड्यालले भने वडा कार्यालयको सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेर त्यसमा दुई लाईन मात्रै लेखेको अवस्थामा पक्राउ परेकाले खासै समस्या नदेखिएकाले खरेललाई सचेत गराएर आइतबार नै पठाएको बताए ।

प्रमुख जिल्ला अधिकारीले खाली लेटरप्याडमा हस्ताक्षर गरिदिने भुम्लु गाउँपालिकाको ७ नं. वडा सचिव अर्जुन बहादुर कार्कीलाई विभागीय कारवाहीको लागि सिफारिस गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत