काठमाडौं उपत्यकाको चारै सुरमा नयाँ व्यवस्थित सहर निर्माण हुने

मन्त्रीपरिषदको निर्णय : ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने 

PM Prachanda cabinet

२५ बैशाख ०७४, काठमाडौं । छिमेकी मुलुक चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सरकारले हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

ओबीओआरमा हस्ताक्षर गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोली चीन जाने तयारीमा छ । चीनले मे १४ र १५ ओबीओआर शिखर सम्मेलन गर्दैछ भने नेपाललाई पनि निम्तो दिइएको छ ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको छ ।

‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेपछि चीनले नेपालमा सडक, रेल सञ्जाल लगायतमा आर्थिक सहायता उपलब्ध गराउने छ ।

काठमाडौं उपत्यकाको चारै सुरमा नयाँ व्यवस्थित सहर

यस्तै सोमबारको बैठकले काठमाडौं उपत्यकाको चारै सुरमा नयाँ व्यवस्थित सहर निर्माण गर्ने पनि निर्णय गरेको छ । उपत्यकामा भएको बढ्दो चाप घटाई व्यवस्थित वसोबासका लागि नयाँ सहर निर्माणको निर्णय गरेको हो ।

त्यसै गरी बैठकले सप्तरी, मोरङ्ग र ताप्लेजुङ्गमा मृत्यू भएका ७ जनालाई शहिद घोषणा गर्ने निर्णय पनि गरेको छ ।

साथै, सोमबारको बैठकले बैशाख २९ गतेदेखि थाइल्याण्ड र श्रीलंकाका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत