गच्छदारको पार्टी तीन मन्त्रालयसहित सरकारमा सहभागी

DSC9882-848x478

२५ बैशाख ०७४, काठमाडौं । विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको छ ।

गच्छदार आफैँले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिई सरकारमा सहभागी भएको हो ।

DSC9894 (1)

त्यस्तै जितेन्द्र देवले नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्ने र संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता आएपछि सरकारमा सहभागी भएको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत