पत्रकार महासंघ सप्तरीमा खड्काको संयुक्त प्यानल बिजयी

FNJ Saptari

२४ बैैशाख ०७४, सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको निर्वाचनमा जितेन्द्र खड्का नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ ।

शुक्रबार भएको निर्वाचनको मत परिणामअनुसार संघीय प्रेस फोरम, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालको संयुक्त प्यानल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यसमिति अध्यक्षमा जितेन्द्र खड्का ५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी श्रवण कुमार देवले ३२ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा श्यामसुन्दर यादवले ५९ मत ल्याएर विजय भएका छन भने उनका निकट्तम प्रतिद्वन्द्वी हेमशंकर सिंहले २६ मत प्राप्त गरेका छन् ।

समितिको सचिव पदमा जितेन्द्र कुमार झा ‘जितु’ ५३ मत प्राप्त गरी विजयी भएका छन् भने प्रेस सेन्टरबाट बागी उम्मेदवार बनी सचिव पदामा लडेका राजु विश्वकर्माले १२ र दिनेश शर्माले २१ मत प्राप्त गरेका छन ।

यसैगरी खुला सह–सचिवमा चन्दन कुमार यादवले ६० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी नर्मदेव यादवले २४ मत पाएका छन् ।

त्यस्तै समावेशी सह–सचिवमा डम्बर राईले ५२ मत प्राप्त गरी निकट्तम प्रतिद्वन्द्वी ललिता साह (३१ मत प्राप्त)लाई पराजित गरेका छन् ।

यसैगरी कार्यसमितिको कोषाध्यक्षमा शुभचन्द्र झाले ५६ मत प्राप्त गरी संजीव विक्रम साह (२८ मत प्राप्त)लाई पराजित गरेका छन् ।

नयाँ कार्यसमिति सदस्यहरुमा मधेशी सदस्यतर्फ बिन्दु कुमार यादवले ५५ मत, खुला सदस्यतर्फ भुषण कुमार सिंह ५८, कुष्णदेव यादव ५२, गङ्गा प्रसाद साह ५५ र बृजमान तामाङ्गले ५६ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाल पत्रकार महासंघ शाखा सप्तरीको महिला उपाध्यक्षमा सुधा देव, महिला सदस्यमा रक्षा चौधरी र जनजाति सदस्यमा भूपेन्द्र कुमार मण्डल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी केन्द्रीय सभासदमा माला कर्ण र धमला भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।

यसैगरी केन्द्रीय पार्षदमा मुरली प्रसाद यादव ५६, अवधेश कुमार झा ५७, भोला कुमार पासवान ५२, देवराम यादव ५२, गणेशलाल देव ५६, शैलेन्द्र मोहन झा ४६, अनिल कुमार अनल ५१ र व्यासशंकर उपाध्याय ६४ निर्वचित भएका छन ।

कूल १३ प्रदेश पार्षदकालागि भएको निर्वाचनमा राजेश कुमार झा ५९, मिथिलेश यादव ५५, सुमन मिश्र ५४, नवीन गुप्ता ५४, महेन्द्र प्रसाद मण्डल ५३, महेश्वर भारती ५४, पवन कुमार मिश्र ५४, वैद्यनाथ यादव ५७, शिवनारायण साह ५१, मनोज कुमार माझी ६०, देवेन्द्र मिश्र ५३, रश्मी झा ५१ र भोला रमण उप्रेती ४९ मत प्राप्त गरी विजयी भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत