प्रधानमन्त्री प्रचण्ड र अमेरिकी प्रतिनिधि मण्डलबीच भेट

DSC9767-600x338

२५ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिका बीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताउँदै नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको र २ वर्षअघि नेपालमा गएको भूकम्पको बेला अमेरिकाले उद्दार, राहत र पूनर्निर्माणका खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

यसैगरी भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका थिए ।

भेटमा अमेरिकी कंग्रेसका सदस्यहरु जिम सेन्सेन्ब्रेनर, इलिट एञ्जेल, जिम एमसी गभर्न, बिट्टी एमसी कोलुम, जुडी चु, जोयी बिट्टी, प्रमिला जयपाल लगायतका अमेरिकी कुटनीतिक नियोगका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत