मुग्लिन-नारायणगढ सडकखण्ड जेठ ३ गतेसम्म २४सै घण्टा खुल्ने

२५ बैशाख ०७४, चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड आज २५ गतेदेखि जेठ ३ गतेसम्म २४सै घण्टा खुल्ने भएको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम बन्द हुँदै आएको नारायणगढ-मुग्लिङ सडकखण्ड बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म २४सै घण्टा खुल्ला हुने भएको हो ।

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म राजमा­र्ग खुल्ला गर्न लागिएको हो ।

नारायणगढ-मुग्लिङ सडकखण्ड बिस्तार भइरहेकाले हाल बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा बन्द हुँदै आएको छ ।

नारायणगढ-मुग्लिङ सडक आयोजनाले सार्बजनिक सूचना जारी बैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म चौबिसै घण्टा खुल्ला हुने सडक जानकारी दिएको हो ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत