मोटरसाइकल दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु

२५ बैशाख ०७४, नवलपरासी । रामग्राम नगरपालिका–१० मन्झरियामा भएको मोटरसाइकल दुर्घटनामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो ।

गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम-१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत