सरकारले सहमति तोडेकाे राजपाकाे अाराेप, पुन: अान्दाेलनमा जाने चेतावनी

२६ बैशाख ०७४, काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच भएको भद्र सहमति सरकारले तोडेको आरोप लगाउँदै राजपा नेेेेपालले आन्दोलनमा जाने चेतावनी दिएको छ ।

संविधान संशोधन गर्ने ‘भद्र सहमति’ सरकारले तोडेको आरोप लगाउँदै राजपा नेेेेपालले आन्दोलनमा जाने चेतावनी दिएको हो ।

सोमबार बसेको पार्टीको बैठकमा संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाने सहमति प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेको आरोप लगाउँदै नेता अनिल झाले सरकार गम्भिर नभएपछि आफूहरु पनि आन्दोलनमा जाने गरी आन्तरिक छलफल सुरु गरिएको बताए ।

संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राख्दै आएको राजपा नेेेेपालले संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएपछि पार्टीले सरकार संविधान संशोधन गर्न गम्भिर नरहेको निष्कर्ष निकालेको हो ।

यसअघि पार्टीले दोस्रो चरणको निर्वाचनमा भने सहभागी हुने निर्णय गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत