अाज प्रधानमन्त्री प्रचण्डले गोकर्णेश्वरको चुनावी सभालाई सम्बोधन गर्ने

जय कार्की

२७ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज गोकर्णेश्वरमा आयोजना गरिने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गणेश रेग्मीले बताएअनुसार बुधबार दिउँसाे एक बजे नगरस्तरीय सभालाई प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गर्दैछन् ।

माअाेवादी नेता कार्यकर्ताहरू नगरपालिकाका ९ वटै वडाबाट उम्मेदवारहरुको अगुवाईमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरौं, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई जिताउँ, उज्यालो नेपाल हाम्रो अभियानसहितको नारा जुलुश गर्दै जोरपाटी चोकमा केन्द्रित हुँदैछन् ।

जुलुश बाहुनधाराको प्राङ्गणमा चुनाबी सभामा परिणत हुने भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत