प्रमुख दलका शीर्ष नेताहरुलाई निर्वाचन अायोगमा बोलाइयाे

२७ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विभिन्न स्थानमा दलहरुबीच झडप हुन थालेपछि बुधबार दिउँसो आयोग कार्यालयमा शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।

आयुक्त यादवले निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन साथै विभिन्न स्थानमा राजनीतिक दलहरुबीच भइरहेका झडप राेक्न नेताहरुको ध्यानाकर्षण गराउन छलफलमा बोलाइएको बताए ।

दोलखा, रुकुम, सल्यान, गोर्खा लगायतका बिभिन्न स्थानमा राजनीतिक दलहरुबीच झडप हुँदै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत