सम्मानित भए गोल्ड मेडलिष्ट महर्जन

काठमाडौं । अखिल नेपाल खेलकूद संघले ५०औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

संघले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा महर्जनलाई सम्मान गरेको हो ।

महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गरेका थिए ।

महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा राम्रो प्रगति गरेको बताउँदै खेलको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास तथा देशको गरिमा र स्वाभिमान उच्च हुने बताए ।

सम्मान कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपाइली र अखिल नेपाल खेलकूद संघका प्रतिनिधिहरु सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत