सरकार बनाउन अंक गणित मिल्नु पर्छ, सांसद पनि चाहिन्छ – गगन थापा

२७ बैशाख ०७४, काठमाडौं । स्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले स्थानीय तहकाे चुनावमा जस्तै प्रदेश र केन्द्रको चुनावमा नेकपा एमाले प्रतिपक्षमै रहने बताएका छन् ।

बुधबार कांग्रेस चुनाव प्रचार उपसमितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले एमालेलाई लक्षित गर्दै सरकार बनाउनलाई अंक गणित मिल्नु बताउँदै प्रदेश र केन्द्रको चुनावमा एमाले प्रतिपक्षमै रहने बताएका हुन् ।

‘सरकार बनाउनलाई अंक गणित पनि मिल्नुपर्छ । सांसद पनि चाहिन्छ,’ थापाले भने, ‘दुःखका साथ भन्नुपर्छ तपाईंहरुले यो चुनावमात्र होइन, प्रदेश र त्यसपछाडिका चुनावमा पनि प्रतिपक्षको रुपमा चुनावमा भाग लिनुपर्छ ।’

उनले काँग्रेस-माओवादी केन्द्रको सत्ता गठबन्धन पछिसम्म पनि कायमै रहने बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत