निर्वाचन अायाेगले आचारसंहिता पालना नगर्नेलाई कारवाही गर्ने

२८ बैशाख ०७४, काठमाडौं । निर्वाचन अायाेगले मतदानकाे ४८ घण्टा अघि शुरु हुने मौन अवधिको आचारसंहिता पालना नगर्नेलाई कारवाही गर्ने जनाएको छ ।

उम्मेदवार, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्ताले मौन अवधिमा एस.एम.एस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको आचारसंहितमा उल्लेख छ ।

सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने भएकाले मौन अवधिमा उम्मेदवार, राजनीतिक दल साथै सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मौन रहनु पर्नेछ ।

उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एस.एम.एस, फेसबुक, ट्वीटर, भाइवर जस्ता सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन कानुनमा उल्लेख छ ।

यदि आचारसंहिता उल्लंघन गरेको उजुरी परेमा त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्तामाथि निर्वाचन आयोगले कारवाही गर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत