जीप दुर्घटनामा गन्धर्वकोे ज्यान गयो

हुमाकान्त पोखरेल

२८ बैशाख ०७४, गुल्मी । सदरमुकाम तम्घासदेखि ईस्मा गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बिहीबार लु १ च ६६८४ नम्बरको उक्त जीप सोही गाउँपालिका ४ स्थित दोहोलीमा दुर्घटना हुँदा सोही ठाउँ निवासी ४० वर्षीय कल्पना गन्धर्वको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताएका छन् ।

दुर्घटनामा परेर दोहोलीकै बाबुराम गन्धर्व, हुमकला विक, रुवी सुनार र सरस्वती अयाल घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

क्षमता भन्दा बढी सामग्री बोकेकोे जीप सडकवाट एक सय ५० मिटर तल खसेको ट्राफिक प्रमुख श्रेष्ठले बताएका छन् ।

जीप चालकलाई ईस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 गुल्मीमा खोलामा डुबेर एकको मृत्यु, एक बेपत्ता

यस्तै गुल्मीको खोलामा डुबेर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका ८ तुराङका २५ बर्षीय युवराज रजायलीको बुधबार साँझ बढीगाड खोलामा माछा मार्ने क्रममा डुबेर ज्यान गएको हो ।

मृतक रजायलीको शव अहिले पोष्ट मार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालयले गुल्मीले जनाएको छ ।

त्यस्तै पौडी खेल्ने क्रममै सोही खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन् ।

गुल्मी दरबार गाउँपालिका वडा नम्बर १ बलिथुमका १३ वर्षीय राजेन्द्र परियार डुबेर बेपत्ता भएका हुन् ।

पौडी खेल्न गएका परियार मजुवास्थित बढीगाट खोलाबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत महेन्द्र नेपालले जानकारी दिएका छन् ।

सूचना अधिकृत नेपालले बेपत्ता भएका परियारको खोजी कार्य भइरहेको जनाएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत