भारतीय उर्जामन्त्री भन्छन्- नेपाललाई खरिद मूल्यमै बल्ब उपलब्ध गराउँछाैं

२९ बैशाख ०७४, काठमाडौं । भारतीय उर्जा मन्त्री पियुष गोयलले नेपाललाई खरिद मूल्यमै एलइडी बल्ब उपलब्ध गराउन लागेको बताएका छन् ।

उनले एलइडी बल्ब ६५ रुपैयाँ भारुमा भारत सरकारले खरिद गरेको र सोही मूल्यमा नेपाललाई उपलब्ध गराउन लागेको बताएका हुन् ।

एलइडी बल्बको मूल्य त्यति नपर्ने र बल्ब खरिदमा ठूलो अनियमितता भइरहेको भन्ने समाचार नेपाली मिडियामा प्रकाशित भइरहँदा भारतीय उर्जा मन्त्रीले नै भारत सरकारले खरिद गरेको मूल्यमा नै नेपाललाई उपलब्ध गराउन लागेको बताएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले भारत सरकारले सञ्चालन गरिरहेको इनर्जी इफिसियन्सि सर्भिस लिमिटेड (इइएसएल) मार्फत ती बल्ब खरिद गर्न लागेको छ ।

भारतीय मन्त्री गाेयलले एक समाचार सेयर गर्दै एलइडी बल्ब खरिदमा नेेेेपालले २३ सय करोड रुपैयाँ भारु पर्ने बताएका छन् ।

मन्त्री गोयलले आफ्नो ट्वीटमा त्यहाँको एक सञ्चार माध्यमले लेखेको बल्ब खरिदको डिल सम्वन्धी समाचार सेयर गरेका हुन् ।

उनले सेयर गरेको सो समाचारमा भारत सरकारले ‘सञ्चालन गरिरहेको ‘इइएसएल’ले नेपालको उर्जा बचतका लागि २ करोड वटा एलइडी बल्ब बिक्री गर्न लागेको साथै उक्त बल्ब भारतीय उपभोक्तलाई पनि भारु ६५ रुपैयाँमा नै उपलब्ध गराएको र सोही मूल्यमा नै नेपाललाई दिन लागेको  उल्लेख छ ।

यस्तो अवस्थामा बल्ब निर्यातकर्ता मुलुकका सम्बन्धित मन्त्रीको भनाइले ठूलो अर्थ राखेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत