नेपाली सेनाको दरबन्दी यथावत्, संरचना परिवर्तन हुने !

DSC0611-848x478

२९ बैशाख ०७४, काठमाडौं । सरकारले नेपाली सेनाको दरबन्दी यथावत् राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ ।

शुक्रबार साझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

यसैगरी बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत् राखी ३४० जनालाई समायोजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार आजको बैठकले २ नं. सहितका प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गरी ५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न समिति गठन गरेको छ ।

बैठकले उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाड् र कानूनमन्त्री अजयशंकर नायक सदस्य रहेको समिति गठन गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत रकम बाँड्दै सरकार

यसैगरी अाज बसेकाे मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिताविपरीत राज्यको ढुकुटीबाट रकम बाँड्ने निर्णय गरेको छ ।

बैठकले टीकापुर घटनाको क्षतिपूर्ति स्वरुप करिब १५ करोड दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए ।

जाेशीका अनुसार स्थानीय प्रशासनले पहिचान गरेको करिब १५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको हो ।

टीकापुर घटनामा फूलवारी रिसोर्ट, फूलवारी एफएम, निरु ट्रेडर्स, मीरा फर्निचर साथै थारु कल्याणकारिणी सभाको कार्यालय लगायतमा आगजनी गरिएको थियो ।

‘फूलवारी रिसोर्ट र फूलवारी एफएम’ टिकापुर घटनापछि फरार रहेका रेशम चौधरीको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत