प्रहरी हिरासतमै एक युवकद्वारा आत्महत्या

२९ बैशाख ०७४, प्यूठान । भिंगृ इलाका प्रहरी कार्यालय प्यूठानको प्रहरी हिरासतमै एक युवाले आत्महत्या गरेका छन् ।

शुक्रबार बिहान स्वर्गद्वारी नगरपालिका–५ उपल्लो सारीका भुपेन्द्र गिरीले कपडाको पासो लगाएर हिरासतको शौचालयमा आत्महत्या गरेका हुन् ।

हिरासतसँगै रहेको शौचालयमा गिरीले बिहान करिब ३ बजे आत्महत्या गरेको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

शौचालय गएका गिरी लामो समयसम्म नआएपछि शौचालय खोलेर हेर्दा झुण्डिरहेको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ । तर, परिवारले भने गिरीले आत्महत्या गरेको अस्वीकार गरेको छ । गिरीको परिवारले भने प्रहरीले नै हत्या गरेको दाबी गरेको छ ।

श्रीमतीलाई कुटपिट गरेको उजुरीपछि बिहीबार मात्रै प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खलंगाबाट प्रहरी नायव उपरिक्षक राठौर बिहानै भिंगृ पुगेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत