स्वीजरल्याण्ड लगानीका लागि सुरक्षित राष्ट्रमा पहिलो, नेपाल पुच्छरबाट तेस्रो

२९ बैशाख ०७४, काठमाडौं । एफएम ग्लोबल नामक अमेरिकी इन्स्योरेन्स कम्पनीले नेपाल लगानीका लागि असुरक्षित रहेकाे एक रिपोर्ट प्रकाशित गरेकाे छ ।

यस इन्स्योरेन्स कम्पनीले नेपाल लगानीका लागि पुच्छरबाट तेस्रो नम्बरमा रहेकाे उल्लेख गरेकाे छ ।

उक्त कम्पनीले प्रकाशित गरेकाे एक रिपोर्टमा नेपालभन्दा पछाडि हाइटी र भेनेजुयला मात्र छन् ।

साे कम्पनीकाे रिपोर्टअनुसार नेपाल ११. ६ अंक प्राप्त गरेर १२८ औं (पुच्छरबाट तेस्राे) स्थानमा रहेको छ ।

यसैगरी १२९ औं स्थानमा रहेको भेनेजुयलाले ५.६ अंक मात्रै प्राप्त गरेर पुच्छरबाट दाेस्राे स्थान बनाएको छ ।

यस्तै १३० औं स्थानमा रहेको हाइटीले १०० पूर्णाङ्कमा शून्य अंक प्राप्त गरेर पुच्छरबाट पहिलाे बनेकाे छ ।

कम्पनीले अध्ययनका क्रममा विश्वका १ सय ३० वटा राष्ट्र तथा क्षेत्रहरुको लगानी वातावरण अध्ययन गरेको जनाएको छ ।

स्वीजरल्याण्ड लगानीका लागि सबैभन्दा सुरक्षित राष्ट्र स्वीजरल्याण्ड ठहरिएकाे छ । यस राष्ट्रले १०० अंक प्राप्त गरेर पहिलो स्थान अाेगटेेेेकाे छ भने दोस्रो स्थानमा लक्जेमबर्ग र स्वीडेन तेस्रो स्थानमा रहेकाे छ ।

यसैगरी अष्ट्रिया चौंथो, जर्मनी पाचौं र बेल्जियम छैठौं स्थानमा रहेका छन् ।

बेलायत यो वर्ष १६ औ स्थानमा परेको छ भने भारतले ४१.७ अंक प्राप्त गरेर लगानीका लागि सुरक्षित राष्ट्रमा ६० औं स्थानमा परेको छ ।

साे अध्ययन रिपोर्टमा चीन र अमेरिकाको भने विभिन्न क्षेत्र छुट्याएर जोखिमको बारेमा बिश्लेषण गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत