३१ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले ३४ जिल्लामा पहिलो चरणको निर्वाचनमा उत्साहजनकरुपमा मतदान भइरहेको भन्दै ४२ प्रतिशतसम्म मत खसेको बताएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार १०:३० बजेसम्म २५ देखि ४२ प्रतिशत मत खसेको छ ।
सबैभन्दा बढी मतदान मनाङमा भएको छ । त्यहाँ ४२ प्रतिशत मत खसेको छ ।
कास्की र बाग्लुङमा ३५ प्रतिशत मत खसेको छ ।
स्याङजामा र मुगुमा ३० प्रतिशत मत खसेको छ । रुकुममा २५ प्रतिशत मत खसेको छ ।
अाज २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरे ।
निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं. १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरे ।
आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरेका छन् ।