प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने !

 १ जेेठ ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच भएको छलफलमा यही साता पदबाट राजीनामा दिने बताएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

बैठकमा व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई दुई तिहाई मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको थियो ।

यही साता पदबाट राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ ।

स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने जानकारी दिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए ।

आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई बताएका छन् ।

बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरद शिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादवकाे सहभागिता रहेको थियोे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत