मालीका गाउँपालिका ४ मा दिलीप शेरचन बिजयी

२ जेठ ०७४, म्याग्दी । म्याग्दीको मालीका गाउँपालिका ४ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलीप शेरचनले ३२८ मत ल्याएर निर्वाचित भएका छन् ।

शेरचनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधीलाल जैसीले १८३ मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा माओवादी केन्द्रका मनरुपा घर्ती, सिता श्रीपाली, उदबिर रसाईली र काँग्रेसका बलिराम सुनार निर्वाचित गरेका छन् ।

एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो ।

४ वटा वडाको मतगणना हुँदा मालीका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका बेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया बिटालुले एक हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत