तनहुँको बन्दीपुरमा माओवादी केन्द्रका आले विजयी

२ जेठ ०७४, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेदवार पूर्णसिंह आले विजयी भएका छन् ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार अध्यक्षमा माओवादीका आले २ हजार ४ सय ४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर क्षेत्रीले २ हजार १ सय ९६ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादीकै करुणा गुरुङ विजयी भइन् । उनले २ हजार ३ सय १० मत पाएको निर्वाचन अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

गुरुङकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै सविना गुरुङले २ हजार २ सय १३ मत पाएकी छन् । यो नगरका अधिकांश वडा भने कांग्रेसले जितेको छ ।

त्यस्तै देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गाबहादुर थापा विजयी भएका छन् । सार्वजनिक भएको मतपरिणामअनुसार थापाले २ हजार ८ सय ७९ मत पाएका थिए । उनका  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर गुरुङले २ हजार ८ सय १४ मत पाएको निर्वाचन अधिकृत काशिराम गैरेले बताए । १० हजार २ सय ८५ मतदाता भएको देवघाटमा ६ हजार ९ सय ६२ मत खसेको थियो ।
उपाध्यक्षमा भने कांग्रेसकी विमला थापा विजयी भएकी छिन् । उनले २ हजार ८ सय ६० मत ल्याईन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सावित्री न्यौपानेले २ हजार ८ सय ५९ मत ल्याएकी हुन् ।
साथै देवघाट गाउँपालिकाको वडा नं. १ मा एमालेका भीमबहादुर गुरुङ, २ मा कांग्रेसका पोलबहादुर आले, ३ मा कांग्रेसका कीर्तिमान आले, ४ मा कांग्रेसकै पदमबहादुर गुरुङ र ५ मा एमालेका विजय गुरुङ विजयी भएका छन् ।

मंगलबार दिउँसोसम्म भएको गणनामा सदरमुकामस्थित व्यास नगरपालिकाको वडा नं. १ मा कांग्रेसका खरसिंह दरै र वडा नं. २ मा काशीराम श्रेष्ठ, वडा नं. ३ प्रेम श्रेष्ठसहित प्यान विजयी भएको छ ।

त्यस्तै, भानु नगरपालिका १ मा एमालेका प्रेम लामा विजयी भएको छ ।

शुक्ला गण्डकी नगरपालिकाको वडा नं. १ मा कांग्रेसका रविचन्द्र पौडेल, वडा नं. २ र ३ मा एमालेका जगतबहादुर गुरुङ र रामकुमार श्रेष्ठ विजयी भएका छन् ।

भीमाद नगरपालिकाको वडा नं. १ मा एमालेका सोमनाथ शर्मा, २ मा एमालेका सोमनाथ शर्मा र ३ मा भवानी शंकर लम्साल विजयी भएका छन् ।

म्याग्दे गाउँपालिका वडा नं. १ मा कांग्रेसका शिवशरण वाग्ले विजयी भएका छन् । रिसिङमा कांग्रेसबाटै वडा नं. १ मा श्रीबहादुर आले, २ मा खेम राना, ३ मा दुर्गाबहादुर राना र ४ मा भोजबहादुर रानाभाट विजयी भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत