म्याग्दे गाउँपालिका अध्यक्षमा कांग्रेसकी राना विजयी

४ जेठ ०७४, तनहुँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार माया राना विजयी भएकी छिन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसकी उम्मेदवार रानाले ४ हजार ५ सय ६४ मत ल्याएर विजयी भएको साथै उनको निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद श्रेष्ठले ३ हजार ५ सय ६४ मत पाएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए ।

उपाध्यक्षमा पनि कांग्रेसकै बालकृष्ण घिमिरे विजयी भए । उनले ४ हजार ७ सय १४ मत पाएका छन् । घिमिरेका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्ना घिमिरेले ३ हजार २ सय ६० मत पाएकी थिइन् ।

यो गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ कांग्रेस र २, ६ र ७ मा एमालेका अध्यक्षहरु विजयी भएका छन् । यो घोषणासँगै तनहुँका ३ गाउँपालिका कांग्रेसले जितेको छ । २ वटा एमाले र बन्दीपुर नगरपालिकामा मात्रै माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत